मनोरञ्जन

सन्दिपलाई १२ वर्ष सजायको मागदावी सहित अदालतमा अभियाेग पत्र दर्ता

काठमाडौ ,

नेपाली कृकेट टाेलिका निलम्बित कप्तान सन्दिप लामिछाने विरुद्धको जबर्जस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालय काठमाडौंमा दर्ता भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछाने विरुद्धको मुद्दामा अनुसन्धान प्रकिया पूरा गरि जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिलको कार्यालय काठमाडौले बताएको छ।

मुलुकि सहिंताकाे दफा २१९ उपदफा ३ काे( घ) बमोजिम १८ वर्ष मुनिका युवतीलाई करणी गरे १० देखि १२ वर्ष सजाय हुने व्यवस्था छ। साेहि अनुरुप अभियाेग दर्ता भएको छ।

क्याराभिन लिग खेल्न जमैका जानू अघि १७ वर्षिय युवतिसंग नगरकाेटमा रात बिताएकाे समाचार सार्वजनिक भएको थियो । उनै युवतिले लामिछाने विरुद्ध जबर्जस्ती करणी गरेको भनी् प्रहरीमा उजुरी गरेकी थिइन् ।

जमैमा रहदा उजुरी परेपछि लामाे समय सम्पर्क विहिन भएका थिए। उनि असाेज २० गते नेपाल आएका थिए। लामिछानेलाई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको थियो ।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *