Site icon Tukinetwork.com

नेकपा एस काभ्रे ,पनौती नगरकाे वडा कमिटीले पार्टी परिवर्तन नगरेकाे प्रमाणित

नेकपा एकीकृत समानवादी काभ्रे पनौती नगरकाे १२ नम्बर वडा कमिटी प्यानलै एमाले प्रवेश गरेको भन्ने समाचारकाे पुष्टि हुन सकेको छैन । वडा नम्बर १२कमिटीको भेलाले पार्टी एक ढिक्का भएको प्रमाणित गरेको छ।

काभ्रेकाे पनौतीमा नेकपा एसका कार्यकर्ताले पार्टी परित्याग गरि एमाले प्रवेश गरेको भ्रम फैलाएपछि आज वडाकाे बैठक बसेकाे हो । एमाले प्रवेश गरेको भनिएका कार्यकर्ताहरू बैठकमा उपस्थित भई आफुहरु एकीकृत समाजवादीमा नै रहेको पुष्टि गरेका छन् ।

आफुहरुलाई थाहै नदिइ केही व्यक्तिहरुले जथाभावि नाम सार्वजनिक गर्दै चरित्र हत्या गर्न खाेजेकाे बताएका छन।

एमाले प्रवेश गरिएका भनिएका लक्ष्मण कार्की ,देवराज के शि ,क्षेत्र वाहादुर तामाङलाई यस अधि नै पार्टीको साधरण सदस्य पनि नरहने गरि कार्बाहि गरिएको थियो ।

आज वडा कमिटी अध्यक्ष रामेश्वर दाहालकाे अध्यक्ष्ातामा गरिएको भेलामा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईकाे उपस्थिति रहेको थियो ।

Exit mobile version