Site icon Tukinetwork.com

जनताका प्रिय ,विकास प्रेमी ,युवा नेता लम्सालको पृष्ठभूमि र विकास प्रेम

काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २प्रदेश सभा १ का उमेरद्वार लक्ष्मण लम्सालको जन्म २०३६ सालमा काभ्रेको मण्डनदेउपुर नगरपालिकामा भएको थियो। उहाँ सानैदेखि निडर , जुझारु, इमान्दार र कर्तव्यनिष्ठ स्वाभावका व्यक्ति हुनुहुन्थ्यो । विद्यालय  देखि नै राजनीतिमा सक्रिय रहँदै आउनुभएका नेता लम्सालले विद्यार्थी राजनीतिबाट आफुलाई माथि उठाउन सफल हुनुभएको हो।

उहाँले मण्डनको डेडिथुम्का माध्यमिक विद्यालयको कक्षा ७ मा पढदा पढदै जानि नजानि अनेरास्ववियुको सदस्यता लिनुभएको थियो। त्यसपछी मावलि गाउँ रामेछापको सतलिङगेश्वर  विद्यालयबाट माध्यमिक तहकाे शिक्षा पुरा गर्नुभएको हो ।

लम्साल २०५३ सालमा उच्च शिक्षाको सिलसिलामा राजधानी काठमाडौं प्रवेश गर्नुभयो र बानेश्वर क्याम्पसबाट अनेरास्ववियुको सह सचिव हुदै सोही क्याम्पसबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुनुभयो।

त्यसपछि उहाँको राजनिति यात्रा अगाडि बढ्न थाल्यो। लम्सालले विद्यार्थी संगठनको विभिन्न तहमा रहेर काम गरी महत्वपूर्ण अवसरको सदुपयाेग पनि गर्नुभयो।
नेता लक्ष्मण लम्साल २०७९साल मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा अन्तर्गत क्षेत्र नं २(१) को बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ।
उहाँले २०७४ सालको आमनिर्वाचनमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार भएर जित हासिल गर्नुभएको थियो।

बाग्मती प्रदेश सभाको सांसद भइसके पछि युवा नेता लम्साल आफ्नो निर्वाचन क्षेत्रमा जनताका माझ  सुपरिचित हुनुहुन्छ। उहाँ विकासप्रेमि , न्यायको पक्षमा वकालत गर्ने, स्पष्ट वक्ता र जन -जनको ढुकढुकी बन्न सफल हुनुभएको छ।

लम्साल अहिले नेकपा एमालेसंग विद्रोह गरेर निर्माण भएको पार्टी नेकपा एकीकृत समाजवादीको  केन्द्रीय सदस्य तथा बागमती प्रदेशको सचिव हुनुहुन्छ।
उहाँले बागमती प्रदेशको सांसद भएपछि आफ्नो निर्वाचन क्षेत्रमा धेरै विकास निर्माणका कामहरु गर्नु भएको छ साथै थुप्रै विकासका योजनाहरु भित्र्याउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण,  कृषि प्रवर्द्धन , विद्यालयका भवन निर्माण र सुधार ,पुलपुलेसा, कुलो  र नहरका लागि थुप्रै योजनाहरु पार्नु भएको छ। कतिपय योजनाहरु पूरा भइसकेका छन् भने कतिपय पुरा हुन बाँकी छन्।

यस्ता छन् उहाँले पाँच वर्षको अवधिमा गर्नु भएको विकास  निर्माण पूर्वाधारका कार्यहरु :-

पिच हुदै गरेका सडकहरु बनेपा – देविटार , तामाघाट -बोहोरेदोभान , पलान्चोक -कोशिदेखा , मण्डन कुन्ताबेषि – नयाँ गाँउ , दोलालघाट – सिलामे हुदै सापिङ, भुम्लुटार – सल्ले हुदै चौवास सम्म रहेको छ । अन्य थुप्रै सडकहरू स्तरोन्नती भइरहेका र कतिपय योजनाहरु पुरा भइसकेका छन् भने कतिपय पुरा हुने अवस्थामा पुगेको छ।

नेता लम्सालले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारको सहयोगमा मण्डन भ्याली बृहत खानेपानी आयोजना, पाँचखाल भ्याली बृहत खानेपानी आयोजना ,भबलकोट लिफ्ट खानेपानी आयोजना, भुम्लुमा भिमसेनथान ,कोलाँती खानेपानी आयोजना  संचालनमा आइसकेका छन् भने थुप्रै आयोजनाहरु  निर्माणधिन अवस्थामा रहेका छन्। यसै आर्थिक वर्षमा बृहत भुम्लु खानेपानी,कोलाचौर इन्द्रावती लिफ्ट खानेपानी आयोजनाको ठेक्का बोलपत्र आव्हान भइसकेको छ।

यस्तै, नेता लम्सालको पहलमा मण्डन देउपुर नगरपालिकामा ५ बेडको अस्पताल संचालनमा आइसकेको छ। पाँचखालमा सिंचाईको लागि  राजकुलो र ब्रम्हायणी कुलो निर्माणको लागि बजेट बिनियोजन गरिएको छ।

काभ्रेको कुनैपनि विद्यालयमा इन्टरनेट थिएन । नेता लम्सालको पहलमा प्रदेश सरकारको सहयोगमा विद्यालयहरूमा इन्टरनेट सेवा सुरु गरिएको छ । दिनप्रतिदिन विद्यालयहरुमा डिजिटल प्रविधिवाट पढाई हुने अवस्था सिर्जना भएको छ।

संस्कृति र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न मठ मन्दिरहरु निर्माण गरिएको छ भने पर्यटकिय स्थल दोलालघाटमा भ्युटावर र सुन्दर पार्क निर्माण कार्य सम्पन्न भएको छ।

उहाँले कृषिलाई पनि प्राथमिकता दिने गरेको पाइन्छ। कृषिमा आत्मनिर्भर हुन सकेमात्र आफ्नो क्षेत्रका  युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ भन्ने मान्यताका साथ कृषिमा प्रसस्तै योजनाहरु पार्नुभएको छ।

Exit mobile version