Site icon Tukinetwork.com

ओलीलाई गणतन्त्रको माया नभएको विद्यार्थी नेता भण्डारीको भनाई

काभ्रेपलाञ्चोक,

नेकपा एकीकृत समाजवादीका काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियुका जिल्ला अध्यक्ष बदन भण्डारीले केपी ओलीलाई गणतन्त्रको माया नभएको बताउनुभएको छ।

आज नेकपा एकिकृत समाजवादी काभ्रेको क्षेत्रीय भेलामा सम्बोधन गर्दै विद्यार्थी नेता भण्डारीले गणतन्त्रको विरोध गर्नेहरुलाई गणतन्त्रको माया नलाग्नु स्वभाविक भएको बताउनुभएको हो ।

बा तन्त्रको बारेमा छलफल गरिरहेकाहरु आज संघीयता खारेज गर्नुपर्छ भन्दै हिँडेका छन् । तर असोज २३गते मनोनयन दर्ता गर्ने दिन माला लगाएर उमेदवारी दर्ता गर्न जाँदा किन लाज नभएको भन्दै प्रश्न गर्नुभयो।

उहाँले भन्नुभयो “२०७४  सालमा हामीले केपी ओलीलाई प्रधानमन्त्री बनाउन ,विद्या भण्डारीलाई राष्ट्रपति बनाउन र गोकुल बास्कोटालाई भ्रष्टाचारी बनाउन गठबंधन गरेका थिएनौ। यो देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी दिएका थियौं ,तर अोलिलाई महाराज बन्ने भुत चढ्यो गोकुल बाँस्कोटाले ७० करोड डिल गर्ने काम गरे । हामी त्यस्ता व्यक्तिलाई काधमा बोकेर हिँड्न सक्दैन।”

हामीलाई काभ्रेका मतदाता भनेर हिडन लाज भएको अवस्थामा,अहिलेको बाम लोकतान्त्रिक गठबन्धन देशको आवश्यकता रहेको उहाँको तर्क थियो।

Exit mobile version