Site icon Tukinetwork.com

भुम्लुमा गठबन्धनको प्रवेश, विकास निर्माणमा अगाडी हुने नेताको उद्घघोष

भुम्लु ,

काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ र प्रदेश सभा १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु शिव प्रसाद हुमागाईंले र लक्ष्मण लम्साल आज  भुम्लु गाउँपालिका पुग्नुभएको छ।  नेपाली कांग्रेस भुम्लु गाउँपालिका कमिटीले आयोजना गरेको उमेद्वार परिचय , भेटघाट, तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन उमेद्वारहरु भुम्लु जानुभएको हो।

उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उमेद्वार शिव प्रसाद हुमागाईंले आफु भुम्लुका जनताले  नजिकबाट चिनेको नेता भएको बताउनु भएको छ। म यो क्षेत्रको लागि नयाँ अनुहार होइन। मैले भुल्नु को लागि विकास गरेको छु र आगामी दिनमा पनि गर्नेछु।

उहाँले भन्नुभयो २०७४को निर्वाचनमा जितेका  साथीहरुले के कस्तो नाम कमाउनु भयो सबै जनतालाई थाहा छ । त्यो बिग्रिएको बाटोतिर नजाउँ हिलो लाग्न सक्छ,  उनीहरुले बिगारेको बाटोलाई  सुधार्न यसपटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको छु  यसपटक भुम्लुका जनताको साथ सहयोग आवश्यक रहेको छ। आफूले सधै राम्रो काम गर्ने भन्दै भुम्लुका जनताले निराश हुन नपर्ने भन्दै आश्वस्त पार्नु भएको थियो।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका प्रदेश सभा उमेरद्वार  लक्ष्मण लम्सालको विशेष उपस्थिति रहेको थियो। यस्तै नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवार लक्ष्मी दनुवार,  काङ्ग्रेसका बाग्मती प्रदेश सभापति हेम कुमार लामा , नेता सुन्दर मणि आचार्य तथा वडा कमिटीका सभापतिहरु, तरुण दलका नेता-कार्यकर्ताहरु र १० वटै वडाका नेपाली काँग्रेससँग निकट नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम भुम्लु गाउँपालिका उपाध्यक्ष तथा भुम्लु  गाउँपालिका कमिटी सभापति जितेन्द्र मान तामाङ (दावा)को सभापतित्वमा सम्पन्न भएको थियो।

Exit mobile version