Site icon Tukinetwork.com

काङ्ग्रेसले बागी उम्मेदवारलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ

काठमाडौं।नेपाली कांग्रेसले बागी उम्मेदवार दिएका नेता तथा त्यसको प्रस्तावक र समर्थकलाई ५ वर्षको लागि निस्कासित गरेको छ।

सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उमेद्वारी दिएका नेताहरुलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी विज्ञप्तिमा जनाईएको छ।

विज्ञप्तिमा नेपाली कांग्रेसको विधान २०१७(संशोधन सहित)को धारा ३४(१) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरिएको व्यहोरा निर्देशनुसार अनुरोध गरिन्छ भनिएको छ।

नेपाली कांग्रेसले गठबंधन दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी , राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंसिर ४गते हुने निर्वाचनको लागि गठबंधन गरेको छ।

कांग्रेसले मंगलबार नै बागी उम्मेदवार दिएकाहरुलाई निशर्त उमेरद्वारी फिर्ता गर्न निर्देशन दिइसकेको थियो।

Exit mobile version