Site icon Tukinetwork.com

समानुपातिक तर्फको बन्दसूचीमा त्रुटि सच्याउने आज अन्तिम दिन

काठमाडौं

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको बन्दसूचीमा भएको त्रुटि सच्याउने आज अन्तिम दिन हो।

निर्वाचन आयोगले दलहरुलाई असोज ९गते देखि १६ गतेसम्म त्रुटि सच्याउने समय दिएको थियो।
प्रतिनिधिसभाको समानुपातिक तर्फ ४८ वटा दलले समानुपातिकको बन्दसूची पेश गरेका छन
ठूला दल सहित ३७ दलले त्रुटि सच्याएर निर्वाचन आयोगमा पेश गरिसकेका छन् । बाँकीलाई आज अन्तिम दिनसम्म पेश गर्ने मौका रहेको छ

यस्तै नेपाली कांग्रेसले नेतृ आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँडकि पत्नि मन्जु खाँडको नाम बन्दसूची बाट पछाडि हटाएको छ।

पहिलो स्थानमा राखिएको सूचीकरणलाई राणाको आठौं नम्बरमा र खाँडको नवौं नम्बरमा सूचीकरण गरिएको छ।

Exit mobile version