काठमाडौं
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । आज राती १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने बताइएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने राजनीतिक दल सेना, कर्मचारी ,प्रहरी सहित सम्बन्धित पक्ष सबैलाई आचारसहिता लागु हुने बताउनुभयो। यसअघि नै आयोगले निर्वाचन आचारसंहिता सम्बन्धमा दलहरुसँग छलफल गरी निष्कर्ष निकालेको थियो।
निर्वाचन आयोगले आचारसंहिता लागू हुने व्यक्ति र संस्थाको वर्गिकरण गरेको छ। त्यस मध्ये नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु ,संवैधानिक निकाय र सोका पदाधिकारीहरु रहेका छन्। स्थानीय कार्यपालिका र सदस्यहरु, संघ , प्रदेश र स्थानीय तहका कर्मचारीहरु , सुरक्षाकर्मी, संस्थानका कार्यालय र कर्मचारी , राजनीतिक दलका भातृ संगठन, निर्वाचनका उमेरद्वार , निर्वाचन प्रतिनिधि तथा मतगणकहरुलाई पनि निर्वाचन आचारसंहिता लागू हुनेछ।निर्वाचन पर्यवेक्षक, अनुगमनकर्ता ,सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, गैरसरकारी संस्था ,संस्थाका कर्मचारी, विद्यालय, विश्वविद्यालय र त्यसमा कार्यरत कर्मचारी र शिक्षकले पनि निर्वाचन आचारसंहिता पालन गर्नु पर्नेछ । यसैगरी निजीक्षेत्रका बैंक ,वित्तीय संस्था, औधोगीक क्षेत्र र त्यसका कर्मचारी व्यवसायिक संस्थाका अधिकारी, कर्मचारी र आयोगले तोकेका सम्बन्धित निकाय ,संस्था र व्यक्तिले निर्वाचनको आचारसंहिता पूर्ण रुपमा पालन गर्नुपर्ने छ।
यस्तै निर्वाचन आचारसंहिताको पूर्ण पाठ राजपत्रमा प्रकाशित गरिएको छ।

