Site icon Tukinetwork.com

तत्काल एम्बुलेन्स सेवा उपलब्ध नहुने भएपछि विकल्पमा जनतालाई बुलेरो सेवा

रिकेश बिश्वकर्मा(क्षितिज)

काभ्रे / भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङका वडा अध्यक्ष लेखनाथ श्रेष्ठले आफ्ना वडा बासीलाई निजि गाडी खरिद गरि सेवा प्रदान गरेका छन्। वडा बासि जनताहरू, जेष्ठ नागरिक तथा सुत्केरी महिलाहरु बिरामी हुदा एम्बुलेन्सको अभाबमा उपचार गराउन अस्पतालसम्म पुग्न अफ्ठ्यारो भएको कारण यस्तो सेवा प्रदान गरेका हुन्।

अध्यक्ष श्रेष्ठले चुनावको बेलामा आफुले भोट माग्दा जनतामाझ वडामा एउटा एम्बुलेन्स सेवा सुरु गर्ने बताएका थिए। उनले भनेका थिए ” म एउटा बिरामी बोक्ने एम्बुलेन्स ल्याउने प्रयास गर्ने छु।” तर तत्कालै एम्बुलेन्स ल्याउने सम्भावना नभएपछि त्यसको विकल्पमा उनले प्राईभेट डबल क्याबिनको वुलेरो सेवा सुरु गरेका हुन ।

यसलाई एम्बुलेन्स जस्तै वडामै राखेर बिरामी पर्दा वडा बासिलाइ समयमा सेवा दिने अध्यक्ष श्रेष्ठले बताएका छ्न। गाडिमा तेल खर्च र ड्राइभरको भत्ता सम्बधित सेवाग्राहीले दिनु पर्ने छ। सेवाग्राहीले कुनै चर्को भाडा बुझाउनु नपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो।
साथै अध्यक्ष श्रेष्ठले सापिङमा पहिलो प्रथामिकता बाटोलाइ दिएर आगामी पाँच बर्ष भित्रमा बाटोलाई सकेसम्म पिच गराएर छोडने त्यति नभए ग्राबेल गरि जनतालाइ हिउँद बर्षामा नै सवारी साधनमा हिड्न मिल्ने बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न।

अध्यक्ष श्रेष्ठ जनप्रतिनिधि हुनु भन्दा अगाडी नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालको पहलमा सुरु भएको भिमसेनथान खानेपानी आयोजनाको र गाउँमा बिजुली बत्तीको ट्रान्सफर्मर ल्याएर सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको थियो।

Exit mobile version