Site icon Tukinetwork.com

बेथानचोक पहिरोमा मृत्यु भएकाको दाहसंस्कारआज गरिदै

काभ्रेपलाञ्चोक, भाद्र ३१

              काभ्रेको बेथानचोक गाउँपालिकामा हिजो गएको पहिरोमा मृत्यु भएका मृतकहरुको दाहसंस्कार आज गरिने भएको छ। बौद्ध परम्पराअनुसार काठमाडौंको स्वयम्भूमा संस्कार कार्य गरिने पारिवारिक स्रोतले बताएको छ।

             बेथानचोक बाट हिजो नै मृतकको शव पोष्टमार्टमका लागि बनेपा लगिएको थियो। बनेपाको शिर मेमोरियल हस्पिटलमा गरिएको पोष्टमार्टम पश्चात आज दाहासंस्कार गर्न लागिएको हो। मृतकहरुको शव बनेपाबाट काठमाडौँको स्वयम्भू लगिएको छ।

                 हिजो, अवैध ढुङ्गाखानी बाट आएको पहिरोले पुरिएर बेथानचोक वडा नम्बर चारका निर बहादुर तामाङ, सावित्री तामाङ र ठुली माया तामाङको दुखद निधन भएको थियो।

Exit mobile version