Site icon Tukinetwork.com

सहकारी समाजको मेरुदण्ड हो – नेता खतिवडा

टुकी संवाददाता
काठमाडौं भाद्र २९

           नेकपा ( एकीकृत समाजवादी)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारीहरुले समाजवाद स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ।

          समाजवादी सहकारी संगठन नेपालको केन्द्रीय कार्यसमितिको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले भन्नु भयो सहकारीले आजको समाजमा अर्थतन्त्रको मेरुदण्ड भएर भूमिका निर्वाह गरेको बताउनुभयो। सहकारीको दुनियामा समाजवादी सहकारी संगठनले अझ प्रभावकारी सुविधा दिएर जनताको सेवा गर्न आग्रह गर्नुभयो।

           सहकारीले ब्यापारी तथा साना लगानी कर्तालाई माथि उठन धेरै सहयोग गरेको छ साथै गाउँ गाउँमा आर्थिक आर्जन गर्ने नयाँ अवसर पनि दिएको उहाँको भनाइ थियो।

             अन्य पार्टी निकट सहकारीहरु भन्दा समाजवादी सहकारीले फरक ढङ्गले काम गरि समाजलाई समतामुलक बनाउन ‌पहल गर्ने आशा व्यक्त गर्नुभयो।

Exit mobile version