Site icon Tukinetwork.com

सामाजिक सञ्जालको भ्रममा नपर्न सर्वसाधारणलाई साइबर ब्यूरो को अनुरोध

काठमाडौं, भाद्र २८
देशका विभिन्न ठाउँबाट बच्चा चोरी भइरहेको भन्ने सामाजिक सञ्जालमा प्रचार प्रसार भइरहेको तथ्यहरु प्रति विश्वास नगर्न नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सर्वसाधारणलाई अनुरोध गरेको छ।

विगत केही दिनदेखि जोगीको भेषमा बच्चा चोरी गर्ने तस्करहरु नेपाल भित्रिएका छन । र ,बच्चा चोरी गरि भारत लगेर मृगौला, आँखा लगायत अन्य अङ्ग बिक्री गरेको भन्ने व्यहोराको तस्बिरसहित सामाजिक संजालहरुमा पोस्ट भईरहेका छन्। यी र यस्ता भ्रमपूर्ण प्रचार प्रति नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ। यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणलाई नेपाल प्रहरी साइबर ब्यूरोले अनुरोध गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सूचना प्रकाशित गरी भनेको छ – “देशभरि कुनैपनि ठाउँमा यी र यस्ता अपराधका बिषयमा उजुरी परेको छैन । सामाजिक सञ्जालमा देखिएका भ्रमपूर्ण कुराको पछि नलाग्न अनुरोध गरिन्छ साथै सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने जोकोहीलाई नेपालको प्रचलित एेन कानुन बमोजिम कारबाई गरिनेछ।”

Exit mobile version