Site icon Tukinetwork.com

कम्युनिस्टले सधैं गरिबको पक्षमा उभिनुपर्छ- नेता सापकोटा

धुलिखेल / नेकपा(एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आयोजना गरेको एकदिने आधारभुत प्रशिक्षण कार्यक्रम संपन्न भएको छ। नेकपा(एकिकृत समाजवादी) काभ्रेका अध्यक्ष तथा बागमति प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईले केपी ओली भ्रष्टाचारको चङ्गुलमा फसेकै कारण विद्रोह गर्न बाध्य भएको जानकारी दिनुभयो । ओलीको बोली एउटा र ब्यवहार अर्कै भएको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटाले संविधानमा उल्लेख गरेका कैयौँ कुरा स्थानीय तहले कार्यन्वयनमा ल्याउन नसकेको जानकारी दिनुभयो । उहाँले सहभागीलाई प्रशिक्षण दिनुहुँदै ‘स्थानीय तहले संविधानमा ब्यवस्था भएका कुराहरू कार्यन्वयन गर्नुपर्ने कुरामा जोडदिनुभयो । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिलाई सर्वसाधारणले बेला बेला घचघच्याई रहनुपर्छ र संविधानमा ब्यवस्था गरिएका कुराहरू ब्यवहारमा उतार्नु पर्छ –पोलिटब्युरो सदस्य सापकोटाले भन्नुभयो ।
केन्द्रीय सदस्य तथा बागमति प्रदेश कमिटीका उपाध्यक्ष विदुर सापकोटाले एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद भएको र त्यसैको जगमा नेपालको कम्युनिष्ट आन्दोलन विकसित भएको बताउनुभयो । यतिबेला कम्युनिष्ट आन्दोलनमा विचलन आएको र कम्युनिष्टहरु जहिले पनि श्रमजीवी जनताको पक्षमा उभिनुपर्ने कुरामा जोडदिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश कमिटी सचिब लक्ष्मण लम्सालले एमाले श्रमजीवी वर्गसंग भन्दा पनि सुकिला मुकिलासंग नजिएकै कारण विद्रोह गर्न बाध्य भएको बताउनुभयो। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले केपी ओलीको ‘बाहिर भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने तर आफ्नै क्याबिनेटको मन्त्री भ्रष्टाचारको आरोप लाग्ने गरेको बताउनुभयो । अनि कोभिडको बेला स्वास्थ्य सामग्रीमा भएको अनियमिततालाई ढाकछोप कस्ले गर्यो । यही हो भ्रष्टाचारीको अनुहार हेर्दिन भनेको ? सांसद लम्सालले प्रश्न थियो ।
एकीकृत समाजवादी धुलिखल नगरका दयासागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटि गोकुल गौतमले  संगठनको अवस्था, विधान कार्यन्वयन विधिका साथै अखिल नेपाल महिला संघ काभ्रेकी  अध्यक्ष पासाङ्ग डोल्मा लामाले आजको विश्वमा कम्न्युष्ट  आन्दोलनको चुनौती र नेपाली समाजका अवरोधहरु बारे  प्रशिक्षण दिनुभएको थियो।

Exit mobile version