Site icon Tukinetwork.com

उपत्यकामा आज ७६७ जना कोरोना संक्रमित

sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ७ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय २५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७ सय ६७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ९ हजार ५ सय ८४ जनाको पिसीआर परिक्षणमा १३ सय २५ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४६ हजार २ सय ३३ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६०२ जना र ललितपुरका ६४ जना र भक्तपुरका १०१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६४ हजार १ सय २२ पुगेको छ ।

Exit mobile version