Site icon Tukinetwork.com

काठमाडौंमा एकैदिन ६१८ जना कोरोना संक्रमित थपिए

sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय ४६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६१८ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ६ सय ४१ जनाको पिसीआर परिक्षणमा १२ सय ४६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १२४३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४२ हजार ९ सय ४९ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ५०७ जना र ललितपुरका ६१ जना र भक्तपुरका ५० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

Exit mobile version