Site icon Tukinetwork.com

आज १४ सय ५४ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५२ हजार नजिक

काठमाडौं, २६ भाद्र । नेपालमा कोरोना भाइरसका आज १४ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५१ हजार ९ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमणमुक्त भएका छन् । आज ९७२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Exit mobile version