Site icon Tukinetwork.com

उपत्यकामा एकैदिन ३८८ जना कोरोना संक्रमित थपिए

sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय ८८ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले आज २४ घन्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका जानकारी दिएका हुन् । आजसम्म निको भई घर फर्कनेको सख्या २३ हजार २ सय ९० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ३५० जना र ललितपुरका २९ जना र भक्तपुरका ९ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

Exit mobile version