काठमाडौं, ८ भदौ । कारोना संक्रमण (कोभिड-१९) को जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालले पनि पिसिआर टेष्ट सेवा शुरु गरेको छ ।
विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल संकलन गरी रिपोर्ट दिनसक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालले जानकारी गराएका छन् ।

