Site icon Tukinetwork.com

कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु

रुपन्देही, ८ भदौ: लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहेकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए।कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेका अवस्थामा सङ्क्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताए ।उनका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये दुई जनाान अन्य स्वास्थ्य समस्या आएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।-रासस/Photo By: Agency

Exit mobile version