Site icon Tukinetwork.com

काठमाडौं उपत्यकामा एकैदिन २१६ जना कोरोना संक्रमित थपिए

sf7df8f}F, & ;fpg M sf]le8 !( sf] lgoGq0f tyf /f]syfdsf nflu nufPsf] aGbfaGbL v'n]kl5 a'waf/ sf7df8f}Fsf] rqmkyl:yt a;'Gw/fdf u'8]sf ;fj{hlgs oftfoftsf ;fwg . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ६ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २१६ सय जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय १६ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ५ सय १९ जनाको पिसीआर परिक्षणमा ६ सय ३४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १३६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार ३ सय ५० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १६० जना र ललितपुरका ६ जना र भक्तपुरका ५० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३१ हजार १ सय १९ पुगेको छ ।

Exit mobile version