Site icon Tukinetwork.com

कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन बोर्डको निर्देशन

काठमाडौँ, १ भदौँ । नेपाल धितोपत्र बोर्डले शेयर बजारसँग सम्बन्धित निकायहरुलाइ आफ्ना संचालक तथा कर्मचारीको ३ दिनभित्र कोरोना बीमा गराउन निर्देशन दिएको छ । बोर्डले अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ्ग तथा सबै धितोपत्र व्यवसायीहरुलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो ।बोर्डले संस्थाकै खर्चमा कार्यरत सम्पुर्ण कर्मचारीको कारोना बीमा गराई सो को जानकारी बोर्डमा पेश गराउन भनेको छ।

त्यस्तै, नेपाल सरकारको मापदण्ड बमोजिम कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेशनमा बस्नु परेमा संस्थालाई जानकारी गराई बिदामा बस्न सक्ने र निजलाई सो अवधिको तलब नकाट्ने गरी बिदा दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।-मेरोलगानीबाट/File Photo

Exit mobile version