Site icon Tukinetwork.com

केरुङ च्छो ताल फुट्ने जोखिम कायमैै, सचेत रहन आग्रह

सिन्धुपाल्चोक, १८ साउन: छिमेकीमूलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटिय क्षेत्रमा क्षति पु¥याउनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत् क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । “शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उनले भने, “त्यसैले भोटेकोशी तटिय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेको छौँ ।”

तातोपानीलगायत सबै पोष्टका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्याधिक वर्षापछि ताल फुट्नसक्ने जानकारी आएको थियो । भोटेकोशी तटिय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासनले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।-रासस

Exit mobile version