Site icon Tukinetwork.com

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन एक हजार तीन सयले बढ्यो

काठमाडौँ ७ साउन। सुनको मूल्य आज (बुधबार) तोलामा एक हजार ३०० रुपैयाँले बढेको छ। मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

अघिल्लो दिन मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।त्यसैगरी तेजाबी सुनको मूल्य भने ९३ हजार ५६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासँघले जनाएको छ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि एकैदिन ताेलामा ९५ रुपैयाँले बढेर प्रतिताेला १ हजार १३५ रुपैयाँ पुगेको छ। नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन मंगलबार पनि चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ३० रुपैयाँमा खरिद बिक्री भएको थियो।-File Photo

Exit mobile version