Site icon Tukinetwork.com

कंगोमा स्वास्थ्य आपतकाल अन्त्य, सीमाहरु खुला

President of Democratic Republic of Congo (DRC) Felix Tshisekedi delivers a speech at the start of the Paris Peace Forum, France November 12, 2019. Ludovic Marin/Pool via REUTERS - RC2M9D9ZEZFI

७ साउन : प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गरेका छन् । उनले व्यावसायिक कृयाकलाप, विद्यालय र सीमाहरु खुला गर्ने बारेमा तीन चरणको कार्यक्रम घोषणा गरेका छन् ।

करिब आठ करोड जनसंख्या रहेको विशाल अफ्रिकी मुलुक कंगोमा मार्च १० यता आठ हजार ५३४ जनामा कोरोना संक्रमण देखिएको र १९६ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति चिसेकेडीले अफ्रिकामा कोरोना संक्रमितको संख्याका दृष्टिले कंगो नवौं सर्वाधिक असर परेको मुलुक रहेको बताउँदै मुलुकलाई लामो समय लकडाउनमा राख्दा मुलुकको आर्थिक स्थिति अझ कमजोर हुने देखिएपछि सबै किसिमका प्रतिबन्धहरु बिस्तारै हटाउन लागिएको जानकारी दिए ।

कंगो सरकारले गत मार्च २४ मा स्वास्थ्य आपतकाल घोषणा गर्दै सीमाहरु पनि बन्द गरेको थियो । साथै संक्रमण फैलिन सक्ने भन्दै विद्यालयहरु, बार र रेस्टुराँ बन्द गरिएका थिए ।

सरकारको नयाँ आदेश अनुसार अब बुधबारदेखि सबै पसल, बैंक, रेस्टुराँ र बार खुला हुनेछन् भने सार्वजनिक यातायात खुला गरिने तथा ठूला सभाहरु पनि गर्न पाइने छ ।

विद्यालय र विश्वविद्यालयहरु आगामी अगस्ट ३ बाट पुनः खुल्नेछन् भने विमानस्थल, बन्दरगाह, सीमा र मठमन्दिरजस्ता धार्मिक स्थलहरु आगामी अगस्ट १५ देखि खुल्नेछन् ।एएफपी

Exit mobile version