Site icon Tukinetwork.com

विश्वभर कोरोनाबाट ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या करिब ८० लाख

MOSCOW, RUSSIA - MARCH 14, 2020: Medical workers in protective suits at the Novomoskovsky multipurpose medical centre in Kommunarka, Novomoskovsky Administrative District. All people suspected of being infected with the novel coronavirus (COVID-19) and those with acute respiratory viral infection (ARVI) who recently arrived to Moscow from China, Italy, Iran and other countries affected by the novel coronavirus are sent to the Novomoskovsky medical centre for treatment. As of March 14, Russia has confirmed 45 cases of the novel coronavirus (covid-19), with 25 cases in Moscow. Valery Sharifulin/TASS Ðîññèÿ. Ìîñêâà. Ñîòðóäíèêè ñêîðîé ìåäèöèíñêîé ïîìîùè â êîñòþìå ïîëíîé õèìè÷åñêîé çàùèòû íà òåððèòîðèè ìíîãîïðîôèëüíîãî ìåäèöèíñêîãî öåíòðà "Íîâîìîñêîâñêèé", êóäà ãîñïèòàëèçèðóþò ïàöèåíòîâ ñ ïîäîçðåíèåì íà êîðîíàâèðóñ COVID-19. Òàêæå öåíòð ïðèíèìàåò ïàññàæèðîâ, ïðèáûâøèõ â Ìîñêâó èç ñòðàí ñ íåáëàãîïðèÿòíîé ýïèäåìèîëîãè÷åñêîé ñèòóàöèåé ñ ñèìïòîìàìè ÎÐÂÈ. Âàëåðèé Øàðèôóëèí/ÒÀÑÑ

१ असार : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४१ लाख २९ हजार ३०९ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६० हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ ।

युरोपमा २२ लाख ६ हजार ५११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ८८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४० हजार ३५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ४५ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ५५४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।एएफपी

Exit mobile version