Site icon Tukinetwork.com

प्रहरीको गोलीबाट थप एक अश्वेतको मृत्यु, एटलान्टाका प्रहरी प्रमुखद्वारा राजीनामा

CHICAGO, ILLINOIS - JUNE 13: Protesters take to the street on June 13, 2020 in Chicago, Illinois. Protests erupted across the nation after George Floyd died in police custody in Minneapolis, Minnesota on May 25th. Natasha Moustache/Getty Images/AFP

३२ जेठ : संयुक्तराज्य अमेरिकाको एटलान्टा शहरमा एक गोरा प्रहरीले अश्वेत नागरिकलाई पक्राउ गर्नेक्रममा गोली चलाउँदा एक जनाको मृत्यु भएपछि नगर प्रहरी प्रमुखले राजीनामा दिएका छन् ।

प्रहरीको क्रुर एवं जातीय दूव्र्यवहारका कारण अमेरिकाभर विरोध भइरहेको अवस्थामा पुनः नयाँ घटना सार्वजनिक भएको छ ।

स्थानीय संचार माध्यमका अनुसार राजमार्ग अवरोध गरेर प्रदर्शन गरिरहेकै अवस्थामा एउटा रेस्टुराँको बाटो छेक्न पुगेका २७ वर्षीय रेसार्ड ब्रुक्सको शनिबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

उक्त घटना लगत्तै एटलान्टाका मेयर केशा लान्स बटम्सले स्थानीय प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिनुभएको घोषणा गर्नु भएको थियो ।

मृत्यु भएका ब्रुक्सले स्थानीय वेन्डी नामको रेस्टुराँमा आउने मानिसको बाटो कारले छेकेर अवरोध गरेको उजूरी गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो ।

प्रहरीसँग घम्साघम्सी भएपछि भाग्न खोजेका ब्रुक्समाथि प्रहरीले गोली चलाएको थियो । उनलाई उपचारका लागि तत्कालै अस्पताल भर्ना गरिए पनि उनको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न प्रहरी अधिकारी ग्यारेट रोल्फलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका अफ्रिकी–अमेरिकी मुलका जर्ज फ्लोएडको गत मे २५ मा मृत्यु भएपछि अमेरिकाभर जातीय विभेदको अन्त्यको माग गर्दै देशव्यापी विरोध प्रदर्शन जारी छ ।

अमेरिकी शहरहरुका साथै बेलायतको लन्डन, फ्रान्सको पेरिस, क्यानाडाका शहरहरुमा समेत विरोध प्रदर्शनहरु भइरहेका छन् । बेलायतमा प्रदर्शनमा सहभागी एक हजारभन्दा बढी पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ ।एएफपी

Exit mobile version