Site icon Tukinetwork.com

घरमा तास खेलिरहेका १६ जुवाडे पक्राउ

काठमाडौं, ३२ जेठ । जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेका छ । काठमाडौं महानगरपालिका रविभवनस्थित श्याम श्रेष्ठको घरमा तास खेलिरहेका ९ जनालाई नगद एक लाख रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु काभ्रेकी कान्छी लामा, धनुषा जनकपुरका अनिता कुशवाहा, काठमाडौं महानगरपालिका लैनचौरकासर्मिला मसाल श्रेष्ठ, धादिङ थाक्रे गाउँपालिकाका राजु भुजेल, धादिङ थाक्रे गाउँपालिकाका कालीमाटी बस्ने आस्मान लामा, गोरखाका बानेश्वर बस्ने फुल बहादुर गुरुङ, काभ्रे नवबुद्धका लाम्पाटी बस्ने धन बहादुर तामाङ, काभ्रे बनेपा नगरपालिकाका कलंकी बस्ने यज्ञ कुमार श्रेष्ठ र रामेछाप सुनापती गाउँपालिकाका ललितपुर ईमाडोल बस्ने दिपक थापा रहेका छन् ।

त्यस्तै झापा कनकाई नगरपालिका टप्पु टोलस्थित चेतन कुमार प्रसाईको घरमा जुवा (कौडा) खेलिरहेका ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका विष्णु प्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल तथा ओमप्रकाश चापागाई, सोही नगरपालिकाका मान बहादुर श्रेष्ठ र हरि बहादुर श्रेष्ठ रहेका छन् ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद ७१ हाजर १० रुपैयाँ र कौडा १६ थान लागायतका सामान सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version