Site icon Tukinetwork.com

जर्मन विदेशमन्त्री मास इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा वार्ता केन्द्रित

Prime Minister Benjamin Netanyahu meets with German Foreign Minister Heiko Maas at the Prime Minister's Office in Jerusalem, on March 26, 2018. Photo by Kobi Gideon / GPO ***HANDOUT EDITORIAL USE ONLY/NO SALES*** *** Local Caption *** פגישת ראש הממשלה בנימין נתניהו עם שר החוץ הגרמני גרמניה משרד רוהמ

२९ जेठ : जर्मन विदेश मन्त्री हेको मास बुधबार इजरायलको जेरुसलेम पुग्नु भएको छ ।

भ्रमणका अवसरमा मन्त्री मासले इजरायल अधीनस्थ पश्चिमी किनारामा इजरायली विवादास्पद जमिन कब्जा योजनाका सम्बन्धमा युरोपेली यूनियनका सदस्य राष्ट्रहरुका तर्फबाट “चासो” व्यक्ति गर्ने योजना छ ।कोरोनाभाइरस महामारी भएयता इजरायलको भ्रमण गर्ने उहाँ युरोपेली राष्ट्रका पहिलो विशिष्ट व्यक्ति हुनुहुन्छ । इजरायली भूमिमा पदार्पण गर्दा मन्त्री मास र उहाँका इजरायली समकक्षी दुबैले अनुहारमा मास्क लगाउनु भएको थियो ।

दुबै नेताबीचको वार्ताको मुख्य विषय पश्चिमी किनारा र जोर्डन उपत्यकामा इजरायलको प्रस्तावित आवास विस्तारमा केन्द्रित हुनेछ । इजरायलले आगामी जुलाई १ तारिखबाट यहाँ बसोबास निर्माण गर्ने जनाएको छ । यही दिनदेखि युरोपेली युनियनको अध्यक्षता पनि जर्मनीले गर्नेछ ।युरोपेली युनियनले इजरायली योजनाप्रति विमती राख्दै आएको छ तर इजरायली कदमको विरोध गर्ने सन्दर्भमा युरोपेली मुलुकबीच ऐक्यबद्ध धारणा छैन । इजरायलले भने जर्मन विदेश मन्त्री मार्फत् युरोपेली मुलुकहरुको इजरायलको कदममाथिका धारणामा नरमपना ल्याउने अवसरको रुपमा हेरेको छ ।

जर्मन विदेश मन्त्रालयले मध्यपूर्वको द्वन्द्व समाधानका सन्दर्भमा जर्मनी र यसका युरोपेली युनियनमा आबद्ध मुलुकहरुले इजरायली–अरब मुलुकहरुबीचको बहुपक्षीय वार्ता र प्यालेस्टिनीका लागि दुई–राष्ट्र समाधानमा जोड दिएको उल्लेख गरेको छ ।

मन्त्रालयले विदेश मन्त्री मासले इजरायल भ्रमणका अवसरमा इजरायल सरकारले घोषणा गरे बमोजिम अनेक्सेसनका सम्भावित परिणामका बारेमा युरोपेली मुलुकको सामूहिक चासो व्यक्त गर्नु हुने जनाएको छ ।जर्मन विदेश मन्त्री मासले इजरायली विदेश मन्त्री गाबी आश्केनाजीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री बेन्नी गान्जसँग भेटघाट गर्नु हुनेछ ।

गत जनवरीमा अमेरिकाले सार्वजनिक गरेको शान्ति योजनाको एक अंशका रुपमा इजरायली कब्जाको रुपरेखा तयार पारेको जनाइएको छ । अमेरिकी योजनाले प्यालेस्टिनी राज्य निर्माण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।तर अमेरिकी प्रस्तावले पूर्वी जेरुसलेमलाई राजधानी बनाउने प्यालेस्टिनीको मुख्य मागलाई अस्वीकार गरेको छ । त्यही कारण प्यालेस्टिनी प्राधिकरणले अमेरिकी प्रस्तावलाई पहिल्यै अस्वीकार गरिसकेको छ ।

प्यालिस्टिनीहरुले सार्वभौम, स्वतन्त्र प्यालिस्टिनी मुलुक निर्माणका लागि अलग्गै प्रस्ताव तयार पारेर राष्ट्रसंघ, संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियालाई बुझाइसकेको प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद स्तायेले बताउनुभएको छ ।

उहाँले भन्नुभयो – हामी इजरायलले अन्तर्राष्ट्रिय दबाब महसुस गरेको बुझ्न चाहन्छौं ।जर्मन विदेश मन्त्री मास इजरायलको भ्रमणपछि जोर्डन जानु हुनेछ ।गत महिना जोर्डनका राजा अब्दुल्लाह द्वितीयले इजरायली कब्जाले इजरायल–जोर्डनबीच द्वन्द्व बढ्न सक्ने चेतावनी दिनुभएको थियो ।जर्मनीले इजरायली कब्जा योजनाको विरोध गरिरहेको छ । तर युरोपेली युनियनले इजरायल विरुद्ध चालिने सम्भावित कदमको कुनै रुपरेखा तयार पारेको छैन ।युरोपेली मुलुक र इजरायलबीच महत्वपूर्ण व्यापारिक साझेदारी रहेको छ । युरोपेली युनियनको विवरण अनुसार गत वर्ष ३४ अर्ब डलर बराबरको व्यापार भएको थियो । जरायलले दक्षिण लेबनानबाट सन् १९७८ देखि २००० को बीचमा ठूलो क्षेत्र नियन्त्रणमा लिएको थियो भने सन् २००६ मा हेजबुल्लाह समूहसँग युद्ध लडेको थियो ।एएफपीइ

Exit mobile version