Site icon Tukinetwork.com

३२ प्रहरीलाई कोरोना संक्रमण, १४ जना निको भइ घर फर्के

doctor in the laboratory with a blood tube for analysis and sampling of Coronavirus under the microscope / microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

काठमाडौैं, २५ जेठ ।कोरोना नियन्त्रणमा अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीमाक कोरोना संक्रमण बढीरहेको छ । ३२ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । प्रहरी अस्पतालमै रहेका दुई प्रहरीमा संक्रमण देखिउको हो । डिआईजी निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश नम्बर २ मा २२ प्रहरी संक्रमित भएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आफ्नो क्षेत्रमा खटिएका प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका छन् । सिंहका अनुसार २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।

‘प्रदेश २ मा क्वारेन्टाइन सुरक्षा, प्रदेश सभाका मर्यादापालक र नागरिकसँग दैनिक जोडिने सेवा प्रवाहमा खटिएका प्रहरीमा संक्रमण देखिएको छ,’ सिंहले भने, ‘आफ्नै सहकर्मीमा संक्रमण देखिएपनि कतिपय सुरक्षाकर्मीमा भय र त्रासको वातावरण त सिर्जना भएको छ, तरपनि जोखिमकाबीच सावधानी अपनाएर खटिदै आएका छौं ।’

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सावधानी अपनाएर डिउटीमा खटिन निर्देशन दिएका छन् ।फिल्डमा खटिदा पर्याप्त सुरक्षा सामाग्री नहुँदा पनि प्रहरी जोखिममा छन् ।दृष्टिबाट File Photo

Exit mobile version