Site icon Tukinetwork.com

दरबार हत्याकाण्डबारे सिपी मैनालीको नयाँ खुलासा : ‘यो भित्रकाले मात्रै गरेकै होईन, बाहृय शक्तिको हात छ’ (भिडिओसहित) ‘वीरेन्द्र राजा राष्ट्रप्रति जागरुक हुनुहुन्थ्यो, कम बालेपनि गतिलो काम गर्ने राजा हुनुहुन्थ्यो’

काठमाडौं, २० जेठ । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नेपाली ईतिहासमै दरबार हत्याकाण्ड दुःखद् र कहालीलाग्दो रहेको बताएका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले भने,’बास्तवमा २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो, त्यो बास्तवमा दुःखद् दिन थियो। सम्पूर्ण देशवासी नै शोकाकुल रहे । त्यो हत्या राति भयो, हामी भोलि विहानै मिलिटरी हस्पिटल गयौं । त्यहाँ राजालाई, अरु सबैलाई चौरमा टेन्ट लगाएर राखिएको थियो । बडो दुःखद् स्थिति थियो ।’

उनले स्वर्गीय वीरेन्द्रको स्वभाव नरम रहेको पनि सुनाए । उनले भने,’उहाँ राष्ट्रप्रति जागरुक हुनुहुन्थ्यो । कम बालेपनि गतिलो काम गर्ने राजा थिए । देशभक्त राजा हुनुहुन्थ्यो । त्यही भएर नै एउटा षड्यन्त्रको शिकार भएर दरबार हत्याकाण्ड भयो । यो घट्ना घटाउन क कसले सहयोग गरे, यो अझैपनि गर्भमै छ । तर, भित्रकाले मात्रै गरेकै होईन यो । दरबार हत्याकाण्डमा बाहृय शक्तिको हात छ । यसमा प्रश्नै उठ्दैन् । उहाँ षड्यन्त्रको शिकार हुनुभयो ।’

Exit mobile version