Site icon Tukinetwork.com

गाँजा सहित २ जना पक्राउ

सर्लाही, १६ जेठ । अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका खुटौनाको नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मलंगवा नगरपालिकाका तौसिफ राजा मिकरानी र अजमल मिकरानी रहेका छन् ।
प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले मुसैलीबाट भांडसरतर्फ जाँदै गरेको बिआर ३१ एक्स ९८१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कार्टुनमा लुकाई छिपाई लैजाँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version