Site icon Tukinetwork.com

मन्दिर दर्शन गरेर फर्किदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना : ६ जनाको मृत्यु

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। 

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण आइचर दुर्घटना भएको हो। दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ। 

Exit mobile version