Site icon Tukinetwork.com

पताले डाँडाको यात्रा

सल्लेरी देखि काठमाडौंको यात्रामा गाडी चढेर हिडेका यात्रुहरु गाडी माथि हिउँको थुप्रो लागेको पत्तोनै पाएनन् । तर पतालेमा पुगे पछि यात्रुहरुलाई आफै सवार गाडी मजाक बन्यो । केही छिन रोकिएर सवैले फोटो खिचे ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुदै काठमाडौंसम्म आउदाँ बाटो पर्ने एक रमणिय डाँडा हो पताले डाँडा । ओखलढुङगा र सोलुखुम्बुको सिमानामा पर्ने यो डाँडा बर्खा र हिउँदमा उत्तिकै रमणिय छ। मनोरम हिमश्रङखलाको दृश्यवलोकनको उत्तम मध्ये यो डाँडा एक हो । चारैतिर हेर्दा सेताम्य हिमालै हिमाल देखिन्छ । नजिकै देखि सुन्दर घुम्ती, हिमशृंखला यहाँको विशेषता हो । यसैले पताले डाँडा पुग्ने जो कोही एक छिन नरोकिने कोही हुदैन । पछिल्लो समय पदमार्गको केन्द्र र आकर्षक पर्यकटीय गन्तव्यको रुपमा विकास हुन थालेको छ। पताले काठमाडौंबाट नजिक पनि पर्छ । यहाँबाट देखिने नजिकै देखिने सगरमाथा, गौरीशंकर हिमशृंखलाले जोकोहीलाई पनि मोहित पार्छन् । आधारशिविर वा नजिकसम्म पुग्न नसक्ने, तर सगरमाथा हेर्न चाहनेका लागि उपयुक्त गन्तव्य हो, पताले । मेरापिक, चोयू, ल्होत्से हिमाल निकै आकर्षक देखिन्छ, यहाँबाट । हिमाल हेर्ने पाउनुनै आन्तरिक पर्यकटको आवतजावत बढ्नु हो ।

Exit mobile version