Site icon Tukinetwork.com

जर्मनीमा आयोजित गलैंचा मेलामा नेपालको सहभागिता

काठमाडौँ / जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

प्रत्येक वर्ष आयोजना हुने मेला नेपाली गलैंचा उद्योगका निमित्त अति महत्वपूर्ण रहेकाले नेपाली व्यवसायीहरुले १६ वर्ष अघिदेखि सहभागिता जनाउँदै आएको अध्यक्ष गुरुङले राससलाई जानकारी दिनुभयो । नेपाली गलैंचाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र विस्तार गरी विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने अवसरको रुपमा मेलालाई हेरिएको उहाँको भनाइ छ ।

गत वर्ष गलैंचाबाट आठ अर्ब ५० करोड रुपैँयाबराबरको विदेशी मुद्रा आर्जन गरी निर्यातजन्य वस्तुको सूचीमा प्रथम स्थानमा रहन सफल भएपनि केही वर्षयता यसको निर्यात क्रमशः घट्दै गएको छ । नेपाली हस्त निर्मित गलैंचाको माग विश्वका धेरै मुलुकबाट भएपनि उपयुक्त वातावरण बन्न नसक्दा क्रमशः व्यवसायीहरु पलायन हुन थालेकाले उनीहरुलाई व्यवसायतर्फ आकर्षित गर्न अन्तराष्ट्रिय स्तरमा आयोजना हुने यस्ता मेलाहरु सहयोगी हुने गुरुङको बताउनुभयो ।

Exit mobile version