पोखरा न्यूज – १९, पुष । अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित सिड्नी नदीमा डुबेर दुई नेपाली युवकको मृत्यु भएको छ ।
उत्तरी सिड्नीको बेरोवरा निकुञ्जमा क्याम्पिङका लागि तीन जनाको समूह मध्ये दुईको मृत्यु भएको हो भने एक जनालाई उद्धारपश्चात थप उपचारका लागि एअरलिफ्ट गरिएको छ ।
शुक्रबार साँझ साढे ७ बजे घाइते एक जना फेला परेसँगै उद्धारकर्ताहरुले अरुको पनि खोजीकार्य थालेकोमा दुई जनाको शव राती अबेर ११ बजे फेला परेको थियो । उद्धार गरिएका युवकको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको परिचय खुलिसकेको छैन ।
त्यस्तै मृत्यु दुई जनामा धादिङका रोशन छट्कुली र चितवनका विशाल सेढाई रहेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरु दलदलमा फसेर डुबेको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।
