एजेन्सी । एक निर्माणधीन भवनको लिफ्ट चुडिदा एकै परिवारका ६ जनाको ज्यान गएको । घटना नेपालको भने होइन । भारतको इन्दौरमा निर्माणाधीन एक भवनमा रहेको अस्थायी लिफ्ट चुँडिदा एकै परिवारका ६ जनाको निधन भएको हो ।
सो दुर्घटनामा एक जना घाइते भएका छन्। व्यवसायी पुनित अग्रवाल र उनको परिवारका सदस्य सो दुर्घटनामा परेको भारतीय समाचार माध्यमले जनाएका छन् । लिफ्ट चुँडिएपछि उनीहरु पक्की भुइँमा पछारिएका थिए। उनीहरुलाई लगत्तै अस्पताल पु¥याइएपनि ६ जनाको ज्यान बच्न नसकेको प्रहरीले जनाएको छ। एजेन्सी
बाहिरबाट रामपुर भित्रिने तरकारी, फलफूल र मासु निरुत्साहन
रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी ९१ जनाको आवेदनबाट स्वरोजगारका लागि ती कृषक छनोट गरेको हो ।
गत वर्षदेखि शुरु भएको स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारी खेतीका निम्ति व्यक्तिगत रुपमा खेती गर्दा अनिवार्य दुई रोपनी तथा सामूहिक रुपमा खेती गर्दा १० रोपनी जग्गामा खेती गर्नुपर्ने प्रावधान छ । त्यस्तै कुखुरापालनका लागि व्यक्तिगत पाँच सय कुखुरा तथा सामूहिक रुपमा कुखुरा पाल्ने कृषकले तीन हजार कुखुरा पालेको हुनुपर्ने छ ।
नगरपालिकाले दिने सहयोगका लागि बाख्रापालनका लागि व्यक्तिगत १० बाख्राको माउ हुनुपर्ने र सामूहिक एक सय माउ बाख्रा पालेको हुनुपर्ने तथा मौरीका लागि व्यक्तिमा २० घार अनिवार्य हुनुपर्ने र सामूहिक भएमा एक सय घार हुनुपर्ने नगरपालिकाले तोकेको छ ।
भैंँसीपालन र बाख्रापालनका लागि छ–छ, गौपालनका लागि चार, कुखुरापालनका लागि आठ, च्याउ खेती र बङ्गुरपालनका लागि एक एक तथा आलुखेतीका लागि १२ फर्म चाहिन्छ । नगरपालिकामा बाहिरबाट तरकारी फलफूल र कृषि उपज नभित्र्याउनका लागि पहल गरिएको प्रशासकीय अधिकृत वाबुराम अर्यालले जानकारी दिनुभयो ।
नगरपालिकाले यही पुस महिनादेखि बुटवल, पोखरालगायत नारायणगढ क्षेत्रबाट रामपुरमा भित्रिने तरकारी, फलफूल तथा मासुलाई निरुत्साहन गर्ने लक्ष्य लिएको छ । अबदेखि रामपुरका कृषि हाटबजारमा रामपुरकै तरकारी बिक्री गरिने र त्यहाँका कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउने योजना भएको नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । नगरपालिकाले गत हप्ता मात्रै रामपुरमा बाहिरबाट ल्याउने कुखुरा तथा अण्डा ल्याउन रोक लगाएको थियो ।
