Site icon Tukinetwork.com

सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनु पर्ने भन्दै आफ्नै कार्यालयमा थुनिए अध्यक्ष र उपाध्यक्ष

राजविराज। सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गर्दै ज्येष्ठ नागरिकहरुले आज सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन् । दिउँसो १२ बजेदेखि कार्यालय घेराउ गरेका कारण गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल, उपाध्यक्ष उषाकुमारी मण्डलसहितका कर्मचारीहरु दिनभर कार्यालयमै थुनिएका छन् । साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय राजविराजबाट पुगेको प्रहरी टोलीले सुरक्षा घेरा बनाएर उनीहरुलाई कार्यालयबाट निकालेका हुन् । आन्दोलनकारीहरुले दिनभर कार्यालय अगाडी प्रदर्शन गरेको गरेको छ भने सोही क्रममा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी समेत भएको छ । घम्साघम्सीको क्रममा प्रहरीको धक्का लागेर भुँईमा लड्दा ६८ वर्षीया घुरनीदेवी यादवको टाउकोमा चोट लागेको छ । चोट लागेर घाइेत भएकी यादवलाई उपचारकोलागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल पठाइएको छ । आन्दोलनकारीहरुले दिनभर कार्यालय अगाडी प्रदर्शन गरेको गरेको छ भने सोही क्रममा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी समेत भएको छ । घम्साघम्सीको क्रममा प्रहरीको धक्का लागेर भुँईमा लड्दा ६८ वर्षीया घुरनीदेवी यादवको टाउकोमा चोट लागेको छ । चोट लागेर घाइेत भएकी यादवलाई उपचारकोलागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल पठाइएको छ ।

Exit mobile version