Site icon Tukinetwork.com

कञ्चनपुरमा लोपोन्मुख प्रजातिको अजिंगरको उद्धार

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ मा शनिवार फेला परेको लोपोन्मुख प्रजातिको अजिंगरको उद्धार गरिएको छ । 

तीन मिटर लम्बाई भएको अजिंगर स्थानीय महिलाहरुले देखेपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको वन्यजन्तु उपचार केन्द्रको टोलीले उद्धार गरेको हो। उद्धार गरिएको अजिंगरको स्वास्थ्य परीक्षणपछि वनको सुरक्षित क्षेत्रमा छाडिएको सामुदायिक वनका अध्यक्ष बहादुर महराले बताए।

हालसम्म उद्धार गरेर ल्याइएका चारवटा लोपोन्मुख प्रजातिका अजिंगर सामुदायिक वनमा छाडिएका छन। यसैगरी स्याली नदीमा मेत अजिंगर फेला परेको छ। फेला परेको अजिंगरलाई शुक्लाफाँटा राष्टिय निकुञ्जमा छाडिएको छ।

Exit mobile version