Site icon Tukinetwork.com

इटहरीमा आगलागीकाे शृङ्खला, दुई बर्षमा ६ ठुला आगलागी

इटहरी / इटहरीमा पछिल्ला दिनहरूमा आगलागीका घटना बढिरहेका छन् । पछिल्ला केही वर्षका घटनालाई हेर्दा आगलागी बढेको पाइएको हाे । २०७५ साल देखि २०७६ पुस १० गते सम्ममा ६ वटा ठुला आगलागी घटना भएका छन् । इटहरीको मुख्यचाेक र आसपासका क्षेत्रमा आगलागीकाे जोखिम बढी देखिएको छ । इटहरीमा दैनिक जसो आगलागी हुन थालेकाे छ । पुस ९ गते इटहरी ६ को हटिया लाइन मा आगलागी हुँदा एउटा कपडा पसल जलेर नष्ट भयो । त्यसैसरि १० गते बिहीबार पनि इटहरीको बस पार्क छेउको घरमा आगलागी भयो । बारूण यन्त्र र स्थानीयको सक्रियताले ठुलो दुर्घटना भने हुन पाएन । तर घटनाको प्रकृति हेर्दा आगो छिटै नियन्त्रणमा नआएको भए ठुलो क्षति हुने देखिन्थ्यो । त्यसै गरी ०६७ साल मङ्सिर २१ गते इटहरी मुख्य चोकमा नै यो वर्षको अहिले सम्म कै ठुलो आगलागी भयो । मङ्सिर २१ मा इटहरीकाे सूर्य कम्प्लेक्समा भीषण आगलागी भएको थियो । आगलागीबाट कम्प्लेक्समा रहेको बिग वार जलेर खरानी भएको थियो । ९ वटा दमकललाई आगो निभाउन समेत हम्मे हम्मे परेको थियो । त्यतै २०७५ कार्तिक २१ गते इटहरी मै अर्को आगलागी भएको थियो । तिहारको लक्ष्मी पूजाको दिन सप्तकोसी कलर ल्याव भएको घरमा आगलागी भएको हो । आगलागी बटा करोडौँ क्षति भएकाे थियाे ।

साथै २०७५ ज्येष्ठ २८ गते पनि इटहरीमा ठुलो आगलागी भएको थियो । इटहरी बजार क्षेत्रमा रहेको इन्द्र फेन्सी स्टोरमा आगलागी हुँदा करोडौँको क्षति हुन पुग्यो । त्यसै गरी २०७५ ज्येष्ठ १३ मा आगलागी हुँदा दुई वटा पसलमा क्षति पुग्यो । इटहरी ६ मा रहेको काफ्ले मार्केटको इन्भर्टर पड्केर आगलागी भएको थियो । यो आगलागीबाट पनि करोडौँको क्षति भएको थियो । त्यस्तै २०७५ वैशाख १४ गते इटहरीको पारूहाङ चोकमा ठुलो आगलागी भएको थियो । चार वटा पसल सम्म फैलिएको आगोबाट करोडौँ क्षति भएको थियो ।

यी इटहरीमा भएका केही प्रतिनिधि घटना मात्र हुन । साना र ठुला गरी दुई वर्ष सायै स्थानमा आगलागी भएको तथ्याङ्कमा पाइन्छ । भने करोडौँको क्षति भएको तथ्याङ्कहरूमा देखिन्छ । अधिकाङ्स ठुला आगलागीका घटनाहरू विधुत सर्टबाट हुने अनुसन्धान बाट खुल्ने गरेका छन् । इटहरीमा यस्ता आगलागीका घटना पटक–पटक हुँदा व्यवसायीहरूले असुरक्षित महसुस गरेका छन् । त्यसैले यसको दीर्घकालीन नियन्त्रणका लागि सरोकारवाला पक्ष सचेत हुनु पर्ने देखिन्छ ।

Exit mobile version