मनोरञ्जन

सुन ६ सयले बढ्यो, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्ने क्रम जारी छ । बुधबार सुन तोलामा ६ सयले बढेर ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावीको सुनको मूल्य पनि बढेको छ।

आज तेजावी सुनको मूल्य ७२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। मंगलबार सुन तोलामा ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ।

आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *