Site icon Tukinetwork.com

भाेजपुरमा चिर्पट प्रहार गरी भाइले गरे दाजुको हत्या

भोजपुर / भोजपुरको अरुण गाउँपालिका-६ धाउखानीकामा आफ्नै दाईको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर अरुण गाउपालिका-६ धाउखानिका १८ बर्षीय डिक बहादुर राई रहेका छन । उनलाई आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाईएको छ । मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजु भाई विच सामान्य बिबाद हुँदा रिशको आवेगमा भाईले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका ४० बर्षीय सुवास राईको घर मै उपचारको क्रममा बुधवार दिउँसो १ बजे मृत्यु भएको थियो ।

Exit mobile version