Site icon Tukinetwork.com

नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको शतक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेका छन् भने पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुर मैदानमा करिब ५ वर्षपछि भएको टी–२० क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्रले आक्रामक शतक प्रहार गरे । उनले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गर्दै शतक बनाए ।

यससँगै उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यस्तै, पूर्व कप्तान खड्काले अर्धशतक पूरा गरे । उनले एक छक्का र नौ चौका प्रहार गरी २८ बलमा ५७ रन जोडेका हुन् । 

Exit mobile version