जुम्लाको कृषि उत्पादन बढाउने, जीविकोपार्जनमा सुधार ल्याउने लगायतका उद्देश्यसहित २०२७ सालमै भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना भएको थियो ।व्यावसायिक भेडाबाख्रा पालका लागि उन्नत जातका भेडाबाख्रा पालनका लागि उन्नत जातका भेडाबाख्रा उत्पादन गर्ने लक्ष्यका साथ गुठीचौर गाउँपालिका २ मा स्थापना भएको यो केन्द्र पाँच दशक बितिसक्यो । तर यो अनुसन्धान केन्द्रमा दरबन्दीअनुसार वैज्ञानिक नआउँदा अनुसन्धानका सबै काम प्रभावित भएका छन् ।
भौगोलिक विकटतासँगै सडक, सञ्चार, इन्टरनेटको सुविधा नभएकाले अहिलेसम्म आउने कुनै कर्मचारी पाँच महिनाभन्दा बढी बसेका छैनन् । सरकारले बर्सेनि करोडौं लगानी गर्ने तर अध्ययन अनुसन्धानका लागि वैज्ञानिक नपठाउँदा बजेट बालुवामा पानी हालेसरह भएको छ ।
वैज्ञानिक तथा प्राविधिक अधिकृतहरुको अभावकै कारण पाँच दशकसम्म न कृषितर्फ कुनै अनुसन्धान भएको छ न भेडाबाख्रा उत्पादन र अनुसन्धानतर्फ नै प्रगति भएको छ । उन्नत जातका भेडा उत्पादनका लागि अष्ट्रेलिया र न्युजिल्याण्डबाट ल्याएको विदेशी भेडाहरु वैज्ञानिक अभावकै कारण थन्किएका छन् । केन्द्र गोठालाकै भरमा छ । समाचार कारोबार दैनिकमा रहेकाे छ।
