बाग्लुङको बडिगाउँ जिप दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा जीप चालक रेशम थापा (२५), गुल्मी इस्मा गाउँपालिका ५ की माया थापा (२३ ), बसुन्धरा कार्की, झुमा कार्की, तुलसी कार्की, भूमि कार्की (४५), मीना कार्की (२५), धनबहादुर कार्की, झवि कार्की (४०) र सुचना कार्की छन् ।
त्यस्तै नवलपरासी वर्दघाटकी लक्ष्मी केसी (५५), बागलुङ र बडिगाड-५ की सीता कार्की (४०) छन् ।अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो । कूलपूजाका लागि रिजर्भ गरेर ल्याइएको जीप सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बुर्तिवाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरुको थप उपचारका लागि काठमाडौंबाट सेनाको हेलिकप्टेर आउँदै गरेको प्रहरीले जनाएको छ ।
