Site icon Tukinetwork.com

धनकुटामा भिरबाट लडेर एक जनाको मृत्यु

धनकुटा / धनकुटामा भिरबाट लडेर एक जनाको मृत्यु भएकाे छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ मुंगालीगाउँ बस्ने ५२ बर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको हाे । हिजाे आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसो सम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा सोमवार दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अबस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Exit mobile version