काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।आइतबार एक सय रुपैयाँ घटेर ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।
त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुन ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।आइतबार चाँदी प्रतितोला ८ सय ३३ रुपैयाँमा कारोबार भएको थियो ।
यो पनि पढ्नुहोस
काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल टोलीमा तीन नयाँ खेलाडीले स्थान पाएका छन् । यु–२३ टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले साग खेल्ने टोलीमा राजेश परियार, राजिव लोप्चन र प्रेजन तामाङ परेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य स्टाइकर विमल घर्ती मगर, मिडफिल्डर अन्जन बिष्ट र दिनेश राजवंशीलाई कारबाही गरेपछि नयाँ तीन खेलाडीले साग खेल्ने टोलीमा ठाउँ पाएका हुन् ।
विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलअघि नाइट क्लबमा भेटिएपछि एन्फाले तीन खेलाडीविरुद्ध अनुशासनको कारबाही गरेको थियो । एन्फाले कारबाहीलाई निरन्तरता दिएपछि २० बर्षपछि घरमै हुन लागेको प्रतियोगिता खेल्नबाट यी तीन खेलाडी वञ्चित हुने भएका छन् ।यसअघि १२ औं सागमा नेपालले स्वर्ण जित्दा विमल र अञ्जन महत्वपूर्ण खेलाडीका रुपमा टोलीमा थिए । उक्त संस्करणमा भारतलाई नेपालले २–१ गोल अन्तरले पराजित गरेको थियो ।
