काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थु’नामा राख्न आदेश दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ज’बर्ज’स्ती क’रणी प्रयासको अभियोगमा उनलाई सोमबार पुर्पक्षका लागि थु’नामा राख्न आदेश दिइएको हो। जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले उनलाई डिल्लीबजार स्थित का’रागारमा राख्न आदेश दिएको छ।
थु’नछेक बहसमा सरकारी वकिल र महराका कानुन व्यवसायीले आ-आफ्नो प्रतिरक्षा गरेका थिए। वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए। शुक्रबार जिल्ला अदालत काठमाडौंको ब’न्द इजलाशमा बयान लिने क्रममा महराले शाहीको कोठामा आफू नगएको बयान दिएका थिए।
यो बयान जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान लिइएको हो। इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक स’म्बन्ध रहेको दा’वी गर्दै त्यसदिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका थिए। महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन् ।
उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन ष’ड्यन्त्र गरिएको पनि बताएका थिए। प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत प्रष्ट पारेका थिए । संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दै आएको भन्दै उनका सरोकार पूरा गर्ने स’म्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर क’पोल्क’ल्पित आ’रोप लगाएको महराको भनाइ थियो।
