Site icon Tukinetwork.com

नेकपा सचेतक शान्ता चौधरीकाे गाडी दुर्घटना

दाङ / नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेर दुर्घटना भएको हाे । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति ११ बजेतिर दुर्घटना भएको हो । सांसद चौधरी गाडीमा नरहेकाले सकुसल छिन् । चालक रतन चौधरी पनि सकुशल रहेकाे बताइएकाे छ । चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाले जानकारी दिए । सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।

Exit mobile version