Site icon Tukinetwork.com

पुलिस थानाभित्र टिकटक बनाउने ४ जना पक्राउ

भारतको गुजरातस्थित बनास्कण्ठ जिल्लाको एक पुलिस थानाभित्र टिकटक भिडियो बनाएपछि चार जना पक्राउ परेका छन्। गत आइतबार झगडा गरेको आरोपमा ५ जनालाई प्रहरीले सोधपुछका लागि थानामा बोलाएका थियो। प्रहरीले एक जनालाई सोधपुछ गर्दै गर्दा अरु चार जनाले भिडियो बनाइ टिकटकमा अपलोड गरेका थिए। पछि प्रहरीले वाट्सएपमा भिडियो पाएपछि सूचना प्रविधि ऐनको मुद्दामा एफआइआर दर्ता गरेको प्रहरीले जनाएको छ। अटुल ठाकोरे, दिलिप ठाकोरे, अल्पेश ठाकोरे र महेन्द्र ठाकोरेले भिडियो बनाएका हुन्। उक्त भिडियोमा चार जना गित बजाएर नाचिरहेका छन्। एक जनाले पानीको बोतल समातेर रक्सी खाएको अभिनय गरेका छन्।
एजेन्सी

Exit mobile version