काठमाडौँ- फिल्म ‘मिस्टर नेपाली’को ‘हे मेरा परदेशी दाजु भाई’बो बोलको दशै गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । । ‘हे मेरा परदेशी दाजु भाई’ बोलको गीतले विदेश गएका नेपालीहरुको कथामा बनेको छ । गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द तथा सुवाष भुषालको संगीत छ ।
फिल्ममा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तव साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भुमिका रहेको छ । फिल्मलाई । देव भुषालले निर्देशन गरेका हुन् भने लेखन तथा पटकथा पनि उनकै रहेको छ । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्म मिस्टर नेपाली’मा मा नायक भूवन केसीलाई दोहोरो भूमिकामा देखाइएको छ ।
